तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृतको सरुवा
तुलसीपुर । तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीको सरुवा भएको छ । उनको लुम्बिनी प्रदेश अर्थ मन्त्रालयमा प्रदेश सचिवका रुपमा सरुवा भएको हो । उनको ठाँउमा को आउने अझै टुंगो लागेको छैन ।
सरकारले केसी सहित ४३ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन डटकमबाट साभार
तपाईंको प्रतिक्रिया