शालिन पोखरेल मृत्यु प्रकरण: सत्यतथ्य अनुसन्धान गर्न ओलीको माग

तुलसीपुर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने बताएका छन । समाजिक सञ्जाल मार्फत ओलीले प्रहरीले गहिरो अनुसन्धान गरि बाहिर ल्याउनुपर्ने बताएका छन। पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले दुखी बनाएको समेत बताएका छन ।
”यो घटनामा परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस्” उनले लेखेका छन ।
पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् । घटनामा प्रहरीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेललाई पक्राउ गरेको छ । साथै, प्रहरीले शालिनले ‘सरी एभ्रिबडी, सरी ममि ड्याड’ भन्दै लेखेको सुसाइड नोटसमेत फेला पारेको छ ।
तपाईंको प्रतिक्रिया