बडिगाड खोलामा डुबेर दुई जनाको मृत्यु

 चैत १८, २०८०

बुटवल | माछा मार्न र पौडी खेल्न गएका गुल्मीका दुई जनाको बडिगाड खोलामा डुबेर मृत्यु भएको छ । आइतवार गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ घोराहाका १२ वर्षिय प्रिन्स सारु र शनिवार मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षिय सन्दीप कुमालको मृत्यु भएको हो |

दुवैको शव प्रहरी र स्थानीयको सहयोगमा खोलाबाट निकालिएको हो

तपाईंको प्रतिक्रिया