केपी शर्मा ओली दाङ नआउने

तुलसीपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ नआउने भएका छन । समसामयिक राजनीतिक घटनाक्रमका कारण अन्तिम समयमा आएर दाङ आउने कार्यक्रम रद्ध भएको जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि विश्वासको मत लिने कार्यक्रम रहेकाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्नुपर्ने भएकाले दाङ आउने कार्यक्रम रोकिएको हो । अध्यक्ष ओली जेठ ६ गते हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न आज नेपालगञ्ज हुँदै तुलसीपुर आउने कार्य तालिका रहेको थियो । यस्तै तुलसीपुर बहुप्राविधिक शिक्षालयको उद्घाटन केपी शर्मा ओलीले नै आईतवार गर्ने तय भएको थियो ।
यसैविच,भोलि र पर्सि दाङको घोराहीमा हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा जिल्ला कमिटीका अध्यक्ष बस्नेतले जानकारी दिए । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा जिल्ला भरबाट ७ सय ८८ जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
तपाईंको प्रतिक्रिया