चन्द्रोदय बिद्याकुञ्जका विद्यार्थीद्धारा सरसफाई
तुलसीपुर । तुलसीपुर ११ जसपुर स्थित चन्द्रोदय बिद्याकुञ्ज स्कुलका विद्यार्थीहरुले सरसफाई गरेका छन । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मोतीपुर स्थित बबइ नदिमा रहेको झोलुङ्गे पुल आसपासमा सरसफाई गरेको हुन । पछिल्लो समय पर्यटकिय क्षेत्रको रुपमा परिचित रहेको उक्त स्थानमा अवलोकनमा जानेहरुबाट फोहर भएको हुदा सरसफाई गरिएको हो ।
स्थानिय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्र्तगत स्थानिय पर्यटकिय क्षेत्रको अध्ययन अवलोकन गराउदै सामाजिक कार्य प्रति रुचि बढाउन बिद्याकुञ्जले सरसफाई कार्यक्रम आयोजना गरेको थियो । सरसफाई कार्यक्रममा शिक्षकहरु पदम कार्कि, लक्ष्मण केसी लगायत विद्यार्थीको सहभागिता रहेको थियो । त्यस क्षेत्रमा अहिले दैनिक जसो घुमफिरमा जाने फोटो खिच्ने, टिकटक बनाउने गर्दछन ।
तपाईंको प्रतिक्रिया