तुलसीपुर पुकार पसलनेर मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
तुलसीपुर । दाङमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार बेलुकी ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका १२ पुकार पसलनेर ठक्कर दिदा पैदल यात्री सोही ठाउँकी ६२ बर्षीया रेश्मी खत्रीको मृत्यु भएको हो ।
तुलसीपुरबाट जसपुर जाँदै गरेको रा ६ प ६०४१ नम्बरको मोटरसाईकलले ठक्कर दिदा गम्भीर घाइते भएकी रेश्मीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिक्रिया