दाङका पवन परियार इन्सपेक्टर तालिममा प्रथम भए

 जेठ ११, २०८१

काठमाडौँ । आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम,  द्वितीय र तृतीय पुरस्कार प्रदान गरेका थिए ।

प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारले  प्रथम  पुरस्कार प्राप्त गरेका थिए | उनि दाङ तुलसिपुर निवासि हुन । यस्तै, सगुन खड्का  द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास सँगै नयाँ सुरक्षा चुनौती थपिएको बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमान्दार र व्यवसायीक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त भएको बताए ।

तपाईंको प्रतिक्रिया