सल्यानमा कुटपिटबाट एक जनाको मृत्यु

तुलसीपुर । सल्यानमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भतिज नाता पर्नेको कुटपिटबाट काकाको मृत्यु भएको हो । जिल्लाको शारदा नगरपालिका ४ घर भई हाल शारदा नगरपालिका ६ बरला बस्दै आइरहेका ३१ वर्षीय हस्त बहादुर विष्ट भन्ने डनराज विष्टले काका नाता पर्ने शारदा नगरपालिका २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हस्त बहादुरले जेठ ४ गते शारदा नगरपालिका ६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै कुटपिट गरी घाइते बनाएका थिए । घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । कुटपिट गर्ने भतिजलाई ५ गते नै पक्राउ परेका थिए ।
तपाईंको प्रतिक्रिया