मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु

तुलसीपुर । कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका– ३ महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइलक दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ बर्षिय कुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको बताइएको छ । उनी मोटरासाइकलको पछाडि बसेका थिए । उपचारका लागि तौलिहवा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै,मोटरसाइलक चालक गडवा गाउँकै ३८ बर्षिय निर कुमार थारु गम्भीर घाइते भएका छन् । उनको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया