टरीगाउँ एयरपोर्ट बिस्तार गर्न बजेट विनियोजन

दाङ । टरीगाउँ विमानस्थल विस्तारकालागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा बजेट विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले भने,´टरीगाउँ विमानस्थल विस्तारकालागि आवश्यक बजेट विनियोजन गरेको छु ।` विमानस्थल विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति नै बनाएको थियो ।
विमानस्थल विस्तारका लागि उपमहानगरले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ ।´हामीले नीतीगत रूपमै पहल गरेपछि सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेको छ । उपमहानगर प्रमुख टिकाराम खड्काले भन्नुभयो,´अब विमानस्थल विस्तार हुन्छ र निकट भविष्यमै नियमित उडान हुनेछ ।`
आफ्नो अथक प्रयासपछि विमानस्थल विस्तारका लागि बजेट परेको भन्दै उपप्रमुख चौधरीले खुसी व्यक्त गरिन । यसैबीच तुलसीपुर उपमहानगरपालिकाले विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेकोमा अर्थमन्त्री पुनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । प्रमुख खड्काले आज वक्तव्य जारी गर्दै विमानस्थल विस्तारमा अभियानमा साथ दिने उद्योग बाणीज्य संघ,चेम्बर अफ कमर्स र नागरिक समाजप्रति आभार व्यक्त गर्नुभएको छ ।
तपाईंको प्रतिक्रिया