मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 जेठ २०, २०८१

तुलसीपुर । बंगलाचुलीमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । जुम्लेपानी(पुरुङ छेडा सडक अन्तर्गत मौवालेकमा रा ३ प ५७९१ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बंगलाचुली ४ का ३२ वर्षीय खेतुलाल नेपालीको मृत्यु भएको छ ।

चालक बंगलाचुली ३ निवासी ३८ बर्षीय चेत प्रसाद डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । घाइते डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको उनले बताए । मोटरसाइकल सडकबाट करिब ४ मिटर तल खसेको थियो ।

तपाईंको प्रतिक्रिया