अनेरास्ववियुले भन्यो- ‘अघोषित लोडसेडिङ तत्काल बन्द गरियोस्’
तुलसीपुर । अघोषित रुपमा भईरहेको लोडसेडिङ बन्द गर्न तुलसीपुर विद्युत वितरण केन्द्रको अनेरास्ववियु दाङले ध्यानाकर्षण गराएको छ । आम सर्वसाधारण जनताले सास्ती पाएको भन्दै अनेरास्ववियुले ज्ञापन पत्र बुझाउदै विद्युत नियमित बनाउन अनुरोध समेत गरेको छ ।
विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले मागलाई बेवास्ता गरे थप कदम चाल्ने जिल्ला संयोजक गणेश खड्काद्धारा जारी ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन बुझाउन केन्द्रीय सदस्य सर्जन परियार लगायतको सहभागिता रहेको थियो ।
तपाईंको प्रतिक्रिया