लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

 जेठ २४, २०८१

बर्दिया ।  प्रहरीले ब्राउन औषध जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी गणेशपुर र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले जाँचको क्रममा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालका अनुसार मधुवन नगरपालिका–७ तारातालका २४ वर्षीय अजय सुनारबाट ब्राउन औषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ सय ९० मिलीग्राम फेला पारेको बताए । उक्त पदार्थ भारतीय सीमावर्ती लौकाही बजारबाट खरिद गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया