तुलसीपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर | तुलसीपुरमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ हाल तुलसीपुर उपहानगरपालिका – ६ मा कोठा भाडामा बस्दै आएका ३६ वर्षीय शालिकराम बुढाथोकीले आफ्नी श्रीमती २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् । बुढाथोकी नेपाल आर्मीमा कार्यरत छन् ।
उनी ज्वालागण बारामा कार्यरत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । शुक्रबार बिहान सवा ८ बजेको समयमा बुढाथोकीले श्रीमतिको हत्या पछि प्रहरिले नियन्त्रणमा लिएकाे डियसपि ठाकुर प्रसाद पाेखरेलले बताए । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिक्रिया