प्रस्तावित दलित बिकास बचत कोषको तदर्थ समिती गठन

तुलसीपुर । प्रस्तावित नेपाल दलित बिकास बचत कोष तुलसीपुरले अन्तरकृया कार्यक्रम गरेको छ । गोकर्ण बिश्वकर्माको अध्यक्षता तथा छवि परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले कोषलाई समयानुकुल सञ्चालन गर्न सके त्यसबाट आर्थिक रुपमा टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा,यमुना परियार लगायतले बोलेका थिए । साथै उक्त कार्यक्रमबाट गोकर्ण बिश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिती समेत गठन गरिएको छ । उक्त समितिको पहिलो बैठक असार २२ गते बस्ने छ ।
तपाईंको प्रतिक्रिया