गर्मीले बेहोस भएका एक जनाको मृत्यु

 असार ०६, २०८१

धनगढी । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको मंगलबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस हुनुभएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।

गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहनुभएका मग्राठी गर्मीले बेहोस हुनुभएको थियो । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

 

तपाईंको प्रतिक्रिया