निजामती कर्मचारी संगठनद्धारा नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश

 असार ०६, २०८१

तुलसीपुर । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर नगर कमिटिले नगर प्रमुख टिकाराम खड्का समक्ष ज्ञापनपत्र पेश गरेको छ । कर्मचारीका विभिन्न सवालहरू आगामी आर्थिक बर्ष २०८१। ८२ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने माग गर्दै नगर प्रमुख खड्कालाई ज्ञापनपत्र बुझाएको हो । नगर अध्यक्ष हिमालय शर्मा र सचिव केशवराज डाँगीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा कर्मचारीको मासिक श्वास्थ्य परीक्षण तथा सामुहिक दुर्घटना विमा,करार, अस्थायी, ज्यालादरी कर्मचारीको लागि योगदानमा आधारित पेन्सनको ब्यवस्था लगायतका ७ वटा बुदाहरु समेटिएका छन ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खड्काले कर्मचारीका उचित मागहरु समाधानको लागि आफु प्रतिबद्ध रहेको बताएका थिए । ज्ञापन बुझाउन नगर अध्यक्ष शर्मा, सचिव डाँगी, जिल्ला अध्यक्ष सेर बहादुर केसी, सचिव बाबुराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

 

तपाईंको प्रतिक्रिया