आगलागी पीडितलाई नँया घर

 असार ०७, २०८१

दाङ । लायन्स क्लब अफ दाङ क्यापिटलले आगलागी पीडितको घर निर्माण गरि हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ शिमलखुटि स्थित अग्नि पीडित निर्मला महताराको घर निर्माण गरि एक औपचारिक कार्यक्रमका बीच लायन्स क्लब अफ दाङ क्यापिटलले घर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेलले हरेक वडा बासीकै साथमा वडा सरकार रहेको बताएका हुन । आफुले लायन्स क्लब अफ दाङ क्यापिटल संगै समन्वय गर्दा आज घर निर्माण गर्न सफल भएको बताएका थिए । यस्तै आगामि दिनमा पनि क्लबले आफ्नो वडा भित्र गरिने सामाजिक कार्यका लागि वडा संगै स्थानिय सरकार साथमै रहेको समेत बताएका हुन ।

कार्यक्रमका सभाध्यक्ष तथा लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीले आफुहरु आगो लागेर घर जलेको खबर पाएपछि अबलोकन गर्न यस ठाउँमा आएको तर आफुहरुले सोचेको भन्दा फरक दृश्य र घर परिवारको अवस्था निकै कम्जोर पाएपछि आफनो टिमले घर निर्माण गर्दिने निर्णय लिएको अनुरुप नै आफू हरुले घर निर्माण गर्दिएको बताए ।

यस्तै अग्नि पीडित निर्मला महताराले आफ्नो कोहि नहुदा आज लायन्स क्लब अफ दाङ क्यापिटल आफ्नो सहारा बनेको बताएकि थिईन। केहि समय देखि श्रीमान कारागार हुँदाको पीडा माथी झन आगो लागेर घर संगै वर्षभरि दुःख गरेर उब्जाएको सबै खानेकुरा नष्ट भएकोमा आफ्नो घर निर्माण हुदा आफू धेरै खुशी भएको भन्दै क्लबलाई विशेष धन्यवाद समेत व्यक्त गरेकि थिईन ।

यस्तै नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले समाजमा सकारात्मक प्रभाव छार्न क्लबले खेलेको हरेक भुमिकालाई अझ माथी उठाउन संचार क्षेत्रबाट आफूहरु सधै साथमा रहेको बताएकी थिईन । लायन्स क्लब अफ दाङ क्यापिटलका द्वितीय उपाध्यक्ष डम्बर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष प्रकाश भुसालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया