तुलसीपुर -११ नम्बर वडा: सुत्केरीलाई भाले उपहार,सर्पदंशका विरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आगामि आर्थिक बर्षमा सुत्केरीलाई भाले उपहार दिने कार्यक्रमलाई अघि सारेको छ । गर्भवती अवस्थामा श्वास्थ्य संस्थामा गएर ८ पटक सम्म जाँच गराई सुत्केरी हुने २० बर्ष माथिका महिलालाई भाले उपहार दिने कार्यक्रमको लागि आवस्यक बजेट विनियोजन गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए । यसले मातृशिशु मृत्युदर कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष रावतले बताए ।
यस्तै, वडाले सर्प दंशका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । सर्पको टोकाईबाट उपचारको लागि तुलसीपुर, घोराही, लमही, बाँके लगायतका स्थानमा जानुपर्ने अवस्थामा नि:शुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने भएको हो । विषेशत बर्षायामको समयमा सर्पले टोक्दा उपचारको लागि अन्यत्र लैजान आर्थिक अवस्था कमजोर भएकालाई थप सहज हुने भएको छ ।
त्यसैगरी वडामा हुने मृत्यु संस्कारमा जादा चिनीको साटो अव घ्यु लिएर जाने भएको छ । यसका लागि पनि वडाले बजेट विनीयोजन गरेको छ ।वडाले आगामि बर्षको लागि अघि सारेका यी कार्यक्रमबाट सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश फैलाउनुका साथै श्वास्थ्य संस्थाको पहुचमा आउने र विपन्न समूहका घर परिवारमा राहत हुने अपेक्षा गरेको वडाबासिको भनाई छ ।
तपाईंको प्रतिक्रिया