दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु

दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ। गढवा गाउँपालिका– ५ मा गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा सोही ठाँउका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको हो । चौधरी ट्याक्टरमा सवार थिए। शनिबार दिउँसो ट्याक्टर खोला पार गर्ने क्रममा बगाएको हो। साथै दुईजनाको शकुसल उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्। उनका अनुसार ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्दार गरिएको हो ।
यसअघि आजै बाढीमा परी दाङमा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्दार गरिएको छ। राजपुर गाउँपालिका वडा नं २ का किसानहरु दूध बेचेर फर्किदै गर्दा लमही नगरपालिका वडा नं ७ हस्नापुरस्थित बाढीमा फसेका थिए । लमहीबाट फर्किने क्रममा राजपुर गाउँपालिका वडा नं २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो, भने उनीहरुसंगै गएका १८ वर्षीय राजकुमार यादव बेपत्ता भएका प्रहरीले बताएको छ ।
तीनजनासँगै रहेपनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रुखमा चढेका थिए। अविरल वर्षाका कारण लमही नगरपालिका ७ हस्नापुर, राप्ती गाँउपालिका ५ लठ्हवाका दर्जनौँ घर डुवानमा परेका छन् । डुवानमा परेका बस्तिहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीले डुवानमा उद्दार गरिरहेको छ ।
तपाईंको प्रतिक्रिया