पहिरोले गोठ बगाउँदा ११ वर्षीय बालकको मृत्यु

रुकुम । पहिरोले गोठ बगाउँदा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर १ भेट्टेचौरका एक बालकको मृत्यु भएको छ । गए राति गोठ माथिबाट पहिरो झरेपछि कर्णबहादुर बुढाका ११ वर्षीय छोरा सरगम बुढाको मृत्यु भएको हो । कर्णबहादुर सहित उहाँकी श्रीमती गम्मा बुढा र छोरी तिलसरा बुढाको अवस्था गम्भीर रहेको रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
कर्णबहादुरको परिवार केहि दिन अघिबाट सिस्ने गाउँपालिका वडा नम्बर २ को दल्लुगैरा भन्ने ठाउँमा भैँसी सहित परिवार बस्दै आएको थियो । २ घण्टा लामो पैदल यात्रा गरी प्रहरी टोली घटनास्थल पुगी घाइतेहरुको उद्धार गरेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया