श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान फरार

रुकुम । रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका छन् । भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् ।
हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ५ वर्षका छोरा आयुसलाई साथमा लिएर फरार रहेका छन् । उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
तपाईंको प्रतिक्रिया