करेन्ट लागेर वृद्धको मुत्यु

सल्यान । सल्यानमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका ३ सोतागारका अन्दाजी ७० वर्षीय मोहलाल वलीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार साँझ खेतबारीमा सिंचाईका लागि खोलाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उनको भनाइ छ ।
तपाईंको प्रतिक्रिया