लागुऔषध सहित दुई जना पक्राउ

देउखुरी । लमहीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिनुभयो । लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरुको साथबाट ८० मिलिग्राम लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ र लागु औषध सेवनका लागि प्रयोग गर्ने औजार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ६ घर बताउने बर्ष ३४ का कमल पुन र रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर १ होलेरी निवासी बर्ष ३३ कि शुसिला पुन रहेको प्रहरीले जनाएको छ ।
शुसिला रातोडाँडा स्थित एक घरको तल्लो तलामा भाडामा बस्दै आएकी थिईन । उनकै साथबाट लागुऔषध फेला परेको प्रहरी प्रमुख भुषालले बताउनु भयो । जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
तपाईंको प्रतिक्रिया