जब भाले बोकेर जनप्रतिनिधिको टोली सुत्केरीलाई भेट्न पुगे……

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयबाट भाले बोकेर जनप्रतिधिको टोली बाहिर निस्कियो । वडाबाट निस्किदा देख्ने जतिले कँहा लिन खोजेको भन्दै मुखामुख गरेका थिए । वडाध्यक्ष मान बहादुर रावत,सदस्यहरु यज्ञ बहादुर बस्नेत,प्रभा परियार,तिलक थारु र सचिव पदम कुमार भण्डारीको टोली बेलटाकुरा तर्फ लाग्यो । उरहरी श्वास्थ्य चौकी बेलटाकुरा पुग्दा दुई सुत्केरी बेडमा थिए ।
ती सुत्केरीलाई एक एक वटा भाले उपहार स्वरुप प्रदान गर्दा उनिहरु अचम्ममा परेका थिए । लगत्तै श्वास्थ्य चौकीका ईन्चार्ज चित्र बहादुर वलीले वडाले यस बर्ष देखि सुरु गरेको भाले उपमहार कार्यक्रमबारे जानकारी दिएका थिए । हस्नापुर निवासी २१ बर्षिय सुजाता खड्का वलीले आज उरहरी श्वास्थ्य चौकी बेलटाकुरमा छोरीको जन्मदिएकि हुन भने बेलटाकुरा निवासी ३१ लक्ष्मी चौधरीले साउन ३ गते छोरा जन्माएकि थिईन । वली र चौधरीलाई भाले प्रदान गरिएको थियो । वडाले सुत्केरीको लागि छुट्याएको पन्ध्र सय रुपैयामा भाले र बचेको पैसा प्रदान गरेको हो ।
श्वास्थ्य संस्थामा आएर श्वास्थ्य अवस्थाबारे जानकारी लिदै भाले दिदा सुख तथा दुखमा स्थानिय सरकार भएको अनुभुति भएको प्रकाश चौधरीले बताए । वडाले आमा तथा शिशुको श्वास्थ्यमा कुनै समस्या नआवस भनि यस बर्षदेखि सुरु गरिएको यो कार्यक्रमले सकारात्मक शन्देश प्रवाह गर्ने वडाध्यक्ष मान बहादुर रावतले बताए । सुत्केरी हुने अवस्थामा श्वास्थ्य जाँचको लागि श्वास्थ्य संस्था सम्म जानुपर्छ भन्ने मान्यताले बच्चा र आमाको श्वास्थ्य राम्रो हुने उनले बताए ।
तपाईंको प्रतिक्रिया