बेलटाकुरामा राधाकृष्ण मन्दीर निर्माणको लागि सहयोग उठ्ने क्रम जारी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा स्थित राधाकृष्ण मन्दीर निर्माणका लागि सहयोग उठ्ने क्रम जारी छ । मन्दीरको भवण पुरानो तथा जिर्ण भएपछि नँया भवण निर्माण गर्नको लागि स्वेच्छिक रुपले स्थानिय स्तरबाट सहयोग संकलन गर्न लागिएको हो । हाल सम्म ९ लाख ६९ हजार रुपैया सहयोग संकलन भएको आर्थिक सहयोग संकलन समितिका संयोजक अर्जुन केसीले जानकारी दिए ।
मन्दीरको निर्माण कार्य पुरा नभएपछि स्थानियले गत शनिवार वडाध्यक्ष मानबहादुर रावत सहितको छलफल आयोजना गरेको थियो । छलफलले जनस्तरबाट सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सोहि दिनबाट सुरु भएको सहयोग संकलन अभियानमा विभिन्न ब्यक्तिहरुबाट सहयोग उठ्न क्रम जारी रहेको मन्दीर निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार सेनले बताए ।
संयोगले गत स्थानिय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित रावत संरक्षक र प्रतिस्पर्धी केसी संयोजक भएर स्थानिय स्तरको सहयोगले सामाजिक काम सफल पार्न जुटेका छन । जनस्तरको सहयोगबाट श्रीमणी आचार्यको शालिक निर्माण, अमर मावि उरहरीमा प्लस टु संचालन लगायतका थुप्रै सामाजिक कार्यमा सफल भएकोले रावतले अघि सारेको योजना सफल बन्नेमा स्थानियको विश्वास छ ।
वडा कार्यालयले गएको दुई आर्थिक बर्षमा गरेर ४ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट र कृष्णमन्दीर टोलको आर्थिक सहयोगमा मन्दीरको भवन निर्माण गरिएको छ । अव मन्दीरमा मुर्ति निर्माण,प्लाष्टर रंगरोगन, शौचालय,पर्खाल निर्माण लगायतका कामहरु बाकि छन ।
तपाईंको प्रतिक्रिया