अरिङ्गालले चिलेर एक जनाको ज्यान गयो
गुल्मी । गुल्मीमा अरिङ्गालको चिलेर एक जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ का ३५ वर्षीय हरिबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो । हिजो बेलुका घर नजिकै आफ्नो बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई अरिङ्गालले चिलेको हो ।
अरिङ्गालले चिलेर घाइते भएका कुँवरलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया