इगल खबरको वार्षिकोत्सवको अवसरमा बिरामीलाई फलफूल
दाङ । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको एच.आर.मिडिया हाउस प्रालिद्वारा सञ्चालित इगल खबरको प्रथम वार्षिकोत्सवको अवसरमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । बिहीबार प्रालिकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । अस्पतालका ७० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।
दाङ बक्सिङ सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर ग्रिल व्यवसायी सङ्घका उपाध्यक्ष दीपक केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प्रशासन शाखाका थानबहादुर केसी लगायतकाले बोलेका थिए ।
प्रालिका पत्रकार विकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण गणेश भण्डारीले गरेका थिए । प्रालिको प्रथम वार्षिकोत्सवको औपचारिक कार्यक्रम शुक्रबार मेट्रो होटल दोघरेमा हुने प्रालिका प्रबन्धक एचआर मगरले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया