थारु राजा दरवार अंकित हुलाक टिकट प्रकाशन हुने

 भदौ ०७, २०८१

तुलसीपुर । दाङ तुलसीपुर ११ सुकौरामा पर्ने दंगीशरण थारु राजाको दरवार क्षेत्र अङ्कित हुलाक टिकट प्रकाशन हुने भएको छ । एेतिहासिक दंगिशरण दरबारको पहिचान सहित सरकारले तयारी थालेको हो । दरबार क्षेत्र समेटेर हुलाक टिकट प्रकाशनले ईतिहास बन्ने र यसको विकासमा थप मद्दत पुग्ने वडाध्यक्ष मान बहादुर रावतले बताए । निरन्तरको प्रयासबाट सरकारले चासो दिएको हुदा यसको नमुना तयार पारि अन्तिम टुंगो लाग्न बाकी रहेको छ ।

टिकटमा अहिलेको संरचना अंकीत राख्ने कि दंगीशरण थारु राजा रहदा रहेको संरचना राख्ने भन्ने टुंगो लाग्न बाकि रहेको छ । थारु अगुवाहरु संगको छलफलमा पुरानो दरवार क्षेत्रको संरचना राख्नुपर्ने सुझाव आएको वडाध्यक्ष रावतले बताएका छन । अब सुकौराकोट दरवार क्षेत्रका बारेमा चासो र चिन्ता गर्ने आम नागरीकको सल्लाह अनुसार टिकटको टुंगो लाग्ने वडाध्यक्ष रावतको भनाई छ ।

दंगीशरण थारु राजा दरबार क्षेत्रमा हाल दंगिशरण राजाको शालिक, भ्यु टावर,पार्क,पोखरी निर्माण गरिएको छ । उक्त क्षेत्रको संरक्षण तथा विकास नहुदा उल्लेख्य मात्रामा पर्यटन भित्र्याउन नसक्दा थारु समुदाय चिन्तीत छन । यद्यपी स्थानिय सरकार भने दाङको एैतिहासिक पर्यटकीय स्थलको रुपमा विकाश गर्न लागेको बताउदै आएको छ ।

 

 

तपाईंको प्रतिक्रिया