अट्वारी पर्वको अवसरमा दाङ सहित ६ जिल्लामा सार्वजनिक बिदा

 भदौ १९, २०८१

दाङ । लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । थारू समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा महत्त्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुष उपवास ‘व्रत’ बस्ने चलन छ । यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया