मृगौला पिडित विकलाई मलेसियाबाट आर्थिक सहयोग
बिबश रसाइली , क्वालालम्पुर ।
रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ निवासी ३५ वर्ष का राम सिङ्ग बिक हाल उपचाररत छन । दुबै मृगौला फेल भएका मृगौला पिडित विकको अहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ४ वर्ष देखि उपचार भईरहेको छ । उनको जीवन रक्षाको लागी खाडी मुलुक मलेसिया बाट इपो स्थित PMI Technology कम्पनीमा कार्यरत रुपेश खड्काको संयोजकत्वमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम सहयोग संकलन गर्दा मलेसियन रिङ्गेट, ८०० जम्मा गरि नेपाली २४ हजार ३ सय ७१ रुपैयाँ र MEGA SQUARE कम्पनीमा कार्यरत गोपाल बिकको संयोजकत्वमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम संकलन गर्दा मलेसियन रिङ्गेट १०१० गरि नेपाली ३१ हजार ९ सय १६ रुपैयाँ गरि जम्मा ५६ हजार २ सय ८७ रुपैया विकको परिवारलाई आइतबार पठाइएको आफन्ती गोपाल बिकले जानकारी दिए ।
यसै गरि दाङको शान्तिनगर गाउँपालिका धनौरी घर भई हाल रोजगारिको सिलसिला अमेरिका कार्यरत नेपाली तिलक बिकले ५ हजार रुपैयाँ पीडित परिवारलाई पठाएका छन । पीडित राम सिङ्ग विकले २०६६ साल बाट गित संगित र सन्चारकर्मी रुपमा काम गर्दैै आएका थिए । हाल दाङको घोराहीमा बस्दै आएका उनि रेडियो स्वर्गद्धारीमा काम गर्दै आएका थिए।
तपाईंको प्रतिक्रिया