दलितहरूको अधिकार माग गर्दै ३९ दिनदेखि आन्दोलन

 भदौ २९, २०८१

काठमाडौँ । समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।  माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले आज अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् ।

अर्धनग्न र अन्य सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘प्रजातन्त्र आयो दलितलाई खै ? लोकतन्त्र आयो दलितलाई खै ? गणतन्त्र आयो दलितलाई खै ? संविधान आयो दलितलाई खै ? व्यवस्था फेरियो दलितलाई खै ?’ जस्ता नारा लगाएका थिए ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरेको गुनासो गरे । त्यसैकारण आज अर्धनग्न प्रदर्शन गर्नु परेको उनले बताए ।

 

तपाईंको प्रतिक्रिया