चट्याङ लागेर छोराको मृत्यु, आमा–छोरी घाइते
दाङ । चट्याङमा परि एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मुत्यु भएको हो भने आमा ४२ बर्षिया निमकली साहु र छोरी ६ बर्षिया सविना साहु भने घाईते हुनुभएको छ । ढुङगा माटोले बनेको,जस्तापाताले छाएको १ कोठे कच्ची घरमा हिजो मंगलबार अपरान्ह् चट्याङ परेको थियो ।
चट्याङ लागेर गम्भीर घाईते भएका ३ जना आमा छाोराछोरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पुरयाएका थियो । उपचारका क्रममा समिरको आज बुधबार बिहान साँढे ८ बजेतिर मृत्यु भएको हो । आमा निमकली र छोरी सविनाको स्वास्थ्य अबस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तपाईंको प्रतिक्रिया