विवाह गर्ने भनि फोन गरेर बोलाए, चार जानले बलात्कार गरे

 असोज १८, २०८१

तुलसीपुर । जबरजस्ती करणी गरेको आरोपमा दाङमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गढवा ५ चैनपुर बस्ने बर्ष १९ को किरण चौधरी, बर्ष २४ को सन्जित चौधरी, बर्ष १९ को धिरज चौधरी र वर्ष २१ को सन्दिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गढवा गाउपालिका ५ स्थित हुम पाईप बनाउने कम्पनीको खाली घरमा वर्ष १९ की महिलालाई किरण चौधरीले फोन गरी विवाहको प्रलोभनमा पारी बोलाई उनिहरुले जबरजस्ती करणी गरेका थिए ।  जाहेरीको आधारमा विहिवार नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।

तपाईंको प्रतिक्रिया