चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधि रोक्न रामपुर प्रहरीले थाल्यो गस्ती
बुटवल । चाड पर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न पाल्पामा रहेको इलाका प्रहरी कार्यालय रामपुरले ग्रामिण भेगहरुमा गस्ती गर्न थालेको छ । प्रहरी गस्ती टोली रामपुर नगरपालिका वडा नम्बर ४,५,६,७ र ८ को विभिन्न स्थानहरुमा पुगेको हो । चाडपर्वको समयमा हुन सक्ने अपराधिका गतिविधिहरु रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ लामो दुरीको ग्रामी गस्ती (एलआचरपी) गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताए ।
चाड पर्वमा गाँउ घरमा झैझगडा हुने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने र अपराधकि घटना घट्न सक्ने भएको हुदा विभिन्न स्थानमा गस्ती गर्ने गरिएको प्रहरी निरीक्षक नेपालीले बताए । साथै तिहार पर्वलाई हर्षोल्लासपूर्ण रूपमा मनाउन आग्रह गरेका छन । पर्वमा रमाइलोका नाममा हुने अवाञ्छित गतिविधि रोक्नेतर्फ सबैको ध्यान जान आवस्यक रहेको उनको भनाइ छ ।
तपाईंको प्रतिक्रिया