विजौरी डाँडागाउँमा बस दुर्घटना
तुलसीपुर । दाङ घोराही तुलसीपुर सडक अन्तर्गत पर्ने विजौरी डाँडागाउँमा बस दुर्घटना भएको छ । घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि १३ जना घाईते भएको बताईएको छ । घाईतेहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको घटना स्थलबाट कपिल लामिछानेले जानकाररी दिएका छन ।
घाईतेहरु मध्ये २ जनाको गम्भीर घाईते भएका छन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ।
तपाईंको प्रतिक्रिया