दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
घोराही । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन । सोमबार साझको करिब ६:४५ बजे घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले तुलसिपुर तर्फ गइरहेकाे रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक हुनेमा तुलसीपुर १९ निवासी १९ वर्षका सुदिप बुढाथोकी रहेका छन् । ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक संगै सवार रहेका तुलसीपुर १७ को २२ वर्षका दिपक बस्नेत घाइते भएका छन ।
प्रहरीले ठक्कर दिने सवारी चालक घोराही – १० डोक्रेनाको ४० वर्षीय जित बहादुर चौधरीलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
तपाईंको प्रतिक्रिया