बिबिएस चौथो बर्षको नतिजामा ज्ञान दीप लुम्बिनीमै प्रथम

 मङि्सर २१, २०८१

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षको नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन ।

बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिनुभयो । त्यस्तै भण्डारी सहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले विविए, विएसीसीएसआईटि, विसीए, विएस्सी, विविएस र विए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

तपाईंको प्रतिक्रिया