तुलसीपुर -१९ नम्बर वडाले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को कार्यालयले आज भवनको उद्घाटन गरेको छ । तोप्पापानीमा रहेको भवनको लुम्बिनी प्रदेशका संस्थापक मूख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन ।। भवनको उद्घाटन गर्दै एमालेका महासचिव समेत रहेका पोखरेलले वडाको आफ्नै भवन भएपछि सेवामा थप सहजता आउने बताए । उनले नागरीकले सोचेअनुरुपको सेवा दिने दायित्व स्थानिय सरकारले पुरा गरेको उनले बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले सबै कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गराउने उद्देश्य पुरा भएका थिए । भाडामा बस्दा खर्च बढ्ने र सेवा प्रवाहमा समेत समस्या हुने भएकोले अव सहजता हुने उनले बताए । यस्तै वडा अध्यक्ष प्रेमनाथ योगीले वडाको आफ्नै भवन भएपछि कार्यालयको स्थायित्व, सेवा प्रवाहमा सहजता र आर्थिक खर्च कटौतीमा सहयोग पुग्ने बताए । स्थानीयको सक्रिय सहभागिता र उपमहानगरको बजेट सहयोगले भवन निर्माण गरिएको बताउनुभयो । यसअघि वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।
स्थानीय नागरिकले वडाको आफ्नै भवनबाट सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । कार्यक्रममा जनप्रतिनिधि, सरोकारवालाहरू र नागरिकको उत्साहजनक सहभागीता रहेको थियो । तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक वडामा आफ्नै भवन निर्माण गरी सेवा सहज बनाउने लक्ष्य लिएको छ । वडा सचिव मेघलाल भुषालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य रामबहादुर पौडेलले गरेका थिए ।
तपाईंको प्रतिक्रिया