मेलाको विषयमा कार्यपालिका बैठकमा रस्साकस्सी,अन्तत: चेम्बरले पायो अनुमती

 पुष १९, २०८१

तुलसीपुर ।  दाङको तुलसीपुरमा मेला लगाउन कस्लाई दिने भन्ने विषयले उप–महानगरपालिकाको २८औं कार्यपालिका बैठकमा प्रबेश पायो । मेला लगाउनका लागि अनुमति माग्दै तुलसीपुर उद्याग बाणिज्य संघ,चेम्बर अफ कमर्श र घरेलु तथा साना उद्योग महासंघले निवदेन पेश गरेका थिए । आजको कार्यपालिका बैठकमा यो विषयमा ठुलै रस्साकस्सी भयो । अनुमति कस्लाई दिने भन्ने बारेमा वडाध्यक्षहरुका विच भिन्न मत आउदा यो विषय पेचिलो बनेको थियो ।

२०७९ माघमा उपमहानगरले जारी गरेको मेला महोत्सव व्यवस्थापन कार्यविधिमा एकै संस्थाले लगातार तीन आर्थिक बर्ष सम्म नदोहोरीने गरिर मेला महोत्सव सञ्चालन गर्न अनुमति दिने उल्लेख गरिएको छ । कार्यविधि जारी पश्चात तुलसीपुर उद्योग बाणिव्ज्य संघले गर्त बर्ष मेला आयोजना गरेको थियो । तसर्थ यसबर्ष मेला लगाउन अनुमति पाउने संस्था मध्ये बाणिज्य संघ आउट भएको थियो । बाकि दुई संस्थामा कस्ला दिने भन्ने बारे केहि वडाध्यक्ष घरेलुलाई दिनुपर्ने बताएका थिए भने केहिले चेम्बरलाई दिने बताएका थिए । लामो रस्साकस्सी पछि अन्तत चेम्बरलाई नै अनुमति दिने निर्णय भएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।

यद्यपी यस अघि २७औं कार्यपालिका बैठकले मेला लगाउने संस्थाले २५ लाख रुपैया राजश्व उपमहानगरलाई दिनुपर्ने निर्णय गरेको थियो । सोहि अनुसार मेला लगाउने संस्थाले उपमहानगरलाई २५ लाख रुपैया बुझाउनुपर्ने भएको छ ।  आजको बैठकले १६औं नगरसभाको माघ २१ गतेदेखी सुरु गर्नेलगाएतका निर्णय समेत गरेको छ ।

 

तपाईंको प्रतिक्रिया