प्रेस चौतारी दाङको अधिवेशन माघ १९ मा हुने

दाङ । प्रेस चौतारी दाङको दशौँ जिल्ला अधिवेशन यही माघ १९ गते हुने भएको छ । प्रेस चौतारी दाङको घोराहीमा शनिबार सम्पन्न कार्यसमिति बैठकले दाङको घोराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो । प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति समेत गठन गरेको छ ।
अध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा सुधासुमन ढकाल, दिप्तीशिखा चौधरी, किरण गौतम र गोकर्ण पौडेल रहेको आर्थिक सहयोग सङ्कलन समिति, अध्यक्ष राम्जाकै संयोजकत्वमा सुधासुमन ढकाल, दिप्तीशिखा चौधरी, किरण गौतम, गोकर्ण पौडेल, एकराज भण्डारी र चन्द्र प्रकाश नेपाली सदस्य रहेको पुरस्कार छनौट समिति, सुधासुमन ढकाल संयोजक, वसन्त परियार, रमा नेपाली, प्रेमकुमारी बुढा सदस्य रहेको अतिथि सत्कार समिति, दिप्तीशिखा चौधरीको संयोजकत्वमा कपिल लामिछाने, सुरक्षा चौधरी, रामप्रसाद सुवेदी सदस्य रहेको मञ्च व्यवस्थापन समिति, किरण गौतमको संयोजकत्वमा चन्द्रप्रकाश नेपाली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, एकराज भण्डारी सदस्य रहेको प्रचारप्रसार समिति, छवि पुरीको संयोजकत्वमा एकराज भण्डारी, माधव कँडेल र महेश बस्नेत सदस्य रहेको खाजा, खाना तथा आवास व्यवस्थापन समिति गठन गरेको सचिव किरण गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले सदस्यता नवीकरणका लागि लमही क्षेत्रमा लक्ष्मी पोख्रेल, घोराही क्षेत्रमा चन्द्रप्रकाश नेपाली, तुलसीपुर क्षेत्रमा एकराज भण्डारी र तुलसीपुर पश्चिम क्षेत्रका लागि रामप्रसाद सुवेदीलाई जिम्मेवारी दिएको छ । साथै माघ १६ गतेभित्र सदस्यता नवीकरण गरिसक्न समेत सदस्यहरुमा अनुरोध गरेको छ ।
बैठकमा उपाध्यक्ष सुधासुमन ढकालले स्वागत गर्नुभएको थियो भने सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया