विश्व युवा नेतृत्व पुरस्कारबाट रावत सम्मानित

 माघ २९, २०८१

तुलसीपुर । ग्रीण फाउण्डेसन नेपालका युवा नेतृत्व विकास कार्यक्रम संयोजक सुरेश रावत थाईल्यान्डको राजधानी बैंककमा सम्मानित भएका छन । विश्व युवा नेतृत्व पुरस्कार २०२५ बाट आज उनी सम्मानित भएको कार्यक्रममा सहभागि ग्रीण फाउण्डेसन नेपालका दाङका कार्यक्रम संयोजक दिपक परियारले जानकारी दिए ।

युवाहरुलाई उद्यमको विकास तथा नेतृत्व विकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै रावत सम्मानित भएका हुन । थाईल्यान्डमा भएको कार्यक्रममा सहभागि भई सम्मानित भएकोमा ग्रीण फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले हार्दिक बधाई ज्ञापन गरेका छन ।

तपाईंको प्रतिक्रिया