तुलसीपुर उपमहानगर उत्कृष्ट सेवा प्रवाहका रुपमा सम्मानित

 फागुन ०३, २०८१

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट सेवा ग्राहीका रुपमा छनौट भई सम्मानित भएको छ । नगर बिकास कोषले निर्धारण गरेका मुल्यांकनका आधारमा सेवा प्रवाहमा उत्कृष्ट पालिका भएको भन्दै सम्मान गरेको हो । शुक्रबार भएको कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई सम्मान प्रदान गरेका हुन् ।

पाटन संग्राहलयमा भएको नगरविकास कोषको ३७औं बार्षिक समारोहका अवसरमा सम्मान प्रदान गरिएको हो । सेवा प्रवाह,वित्तिय सुशासन,ऋण असूली, साझेदारी, सहकार्यमा प्रभाबकारी, नगर बिकास कोष अन्तर्गत कार्यक्रममा सफल भएको लगायतका सूचकका आधारमा उपमहानगरपालिका उत्कृष्टमा परेको नगर प्रमुख खड्काले बताए । त्यस अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, इन्जिनियर पवन योगीलगायतको सहभागिता रहेको थियो ।

 

तपाईंको प्रतिक्रिया