श्रीमणी पार्कको शिलान्यास

 फागुन ०५, २०८१

बसन्त परियार, तुलसीपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने अभियानमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ११ मालेडाँडामा रहेको श्रीमणी स्मृति पार्कको शिलान्यास गर्दै महासचिव पोखरेलले यस्तो आव्हान गर्नुभएको हो । देश र जनताको पक्षमा काम गर्ने नेतृत्वलाई जनस्तरबाट हौसला प्रदान गर्नुपर्ने समेत उहाले बताउनुभयो । बस्ती विकाससँग सँगै खुल्ला क्षेत्रको संरक्षण र देशको लागि योगदान दिएका व्यक्तिहरुको सम्झनामा पार्क निर्माण गरिनु सकारात्मक रहेकोले यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । पार्क निर्माण समितिका अध्यक्ष घमण्डबहादुर मल्लको अध्यक्षता एवं नेकपा एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संंस्थापक मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा शिलान्याश कार्यक्रम भएको हो ।

निर्माण समितिका उपाध्यक्ष मान बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको शिलान्याश कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्का, संघीय सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख प्रवीण शाह लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण हरी प्रसाद ओलीले गर्नुभएको थियो । एक बिघाह क्षेत्रफलमा निर्माण गरिने पार्कमा सौन्दर्यकरण, खुल्ला व्यायामशाला, फुटपाथ ब्लक रहनेछ । एक करोड ५३ लाख बजेटमा ठेक्का प्रक्रियाबाट टेण्डर भई एक करोड चार लाखको लागतमा संरचना निर्माण सम्झौता भई काम सुरु गरिएको छ ।

श्रीमणी आचार्यको कम्युनिष्ट आन्दोलनका साथै सामाजिक, शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेकोले उहाको स्मृतीमा त्यहा शालिक निर्माण समेत गरिएको तुलसीपुर ११ का वडाध्यक्ष मान बहादुर रावतले बताउनुभयो । गौरवको योजनाको रुपमा यसलाई अगाडी सारीएको हुदा पार्क निर्माण भएसगैं यस क्षेत्रको विकासमा यसले टेवा पुग्ने वडाध्यक्ष रावतको विश्वास छ । आगामी २०८२ असार १५ सम्ममा सम्पन्न हुने लक्ष्य लिइएको छ।

तपाईंको प्रतिक्रिया