साउन देखि सबै प्रदेशले सवारी लाइसेन्स छपाई गर्ने

 फागुन २०, २०८१

काठमाडौँ । २०८२ साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सबै प्रदेशबाट छपाई हुने भएको छ । यातायात व्यवस्था विभागले हालसम्म छपाई गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाई गर्ने छ । आगामी वैशाख १ देखि भने विभागले प्रदेशलाई छपाईको काम हस्तान्तरण गर्दै जाने छ । साउन १ गते सम्ममा सबै प्रदेशमा सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरी व्यवस्था गर्ने निर्णय भएको हो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमतिपत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ ।

तपाईंको प्रतिक्रिया