बबई लिप्टीङको काम सबैको पहलमा भएको हो : नगर प्रमुख

 फागुन २८, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडकाले तुलसीपुर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा प्रयोग भएका प्रचार शैली निर्वाचन आचार संहिता विपरित भएको बताउनु भएको छ ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा अपारले तुलसीपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सिताराम शर्मा कोषाध्यक्ष भएको समयमा आफ्नै अग्रसरतामा बिना मगर खानेपानी भएका बेला बबई लिप्टीङको काम सुरुवात भएको बताएपछि मेयर खडकाको यस्तो टिप्पणी आएको हो ।

‘कुनै अमुख ब्यक्ति को पहलमा सहलगानि आएकै होइन । पुरानो नेतृत्वको पहल कदमीबाट  राजनितिक नेतृत्वको पहलमा तुलसीपुर र बेलझुण्डी सहलगानीको संझौता भएको थियो । अमृतपुर खानेपानी, सहलगानी संझौताको अन्तिम चरणमा छ । निर्वाचनको मुखमा झुटो प्रचारप्रचारको सहारा नलिन विनम्र अनुरोध छ ।’ मेयर खडकाले भन्नुभयो ।

तपाईंको प्रतिक्रिया