सभ्य समाज निर्माण सगैं आर्थिक समृद्धिको यात्रामा अघि बढौं: नगर प्रमुख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले नयाँ बर्ष २०८२ को शुभ अवसरमा शुभकामना व्यक्त गरेका छन । नगर प्रमुख खड्काले शुभकामना शन्देश दिदै सम्पुर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्षको शुभकामना ब्यक्त गरेका हुन ।
उनको शुभकामना शन्देशमा दिगो शान्ती,राष्टिय एकता र सामाजिक सदभाव कायम राख्दै सभ्य समाज निर्माण गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सक्ने प्रेरणा मिलोस भन्ने कामना गरेका छन । साथै श्वास्थ्य, शिक्षा,कृषि र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी नगरको विकासमा हातोमालो गर्न समेत आव्हान गर्दछु शुभकामना शन्देशमा भनिएको छ ।
तपाईंको प्रतिक्रिया