सिटिजन्स बैंक तुलसीपुर शाखाद्धारा रक्तदान

तुलसीपुर । सिटिजन्स बैंकको १८औ वार्षिकोत्सवको अवसरमा तुलसीपुर शाखाले रक्तदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख घनश्याम भण्डारीले बताउनुभएको छ ।
शुक्रबार रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा शाखामा कार्यरत कर्मचारी र शुभचिन्तक गरी २४ जनाले रक्तदान गरेका छन् ।
शाखा प्रमुख भण्डारीले रगत अभावका कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्राविधिक इक्षा मगरले रक्तदानले स्वास्थ्यमा कुनै कमजोरी नआउने उल्लेख गर्दै १८ वर्ष पूरा गरेका पुरुषले वर्षमा चारपटक र महिलाले तीन पटक सुरक्षित रूपमा रक्तदान गर्न सक्ने जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया