अहिलेकाे सरकार ‘संविधान र लोकतन्त्र दुवैका लागि खतरा’ : ज्ञवाली

 कार्तिक २८, २०८२

तुलसीपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सविंधानले निषेध गरेका पात्रहरु सरकारमा रहनुले देशमा थप संकट पैदा भएको बताएका छन । जननिर्वाचित सरकार विस्थापित गरेकोले देशलाई भुराजनितिक भुमरीमा धकेल्ने काम भएको उनले बताएका छन । प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्र धरापमा रहि सविंधान घाईते अवस्थामा रहेकोले रक्षाको लागी एमाले सडकमा आउने अवस्था आएको उनले बताएका छन ।

उनले भदौ २३ र २४ को घटनालाई बहाना बनाएर सरकारले विपक्षी शक्तिलाई दमन गर्न खोजेको समेत बताएका छन । प्रेस चौतारी दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले संसद पुनस्थापना, गरी संविधान संशोधन गर्नुपर्ने र सर्वदलीय सरकारबाट चुनाव हुनुपर्ने जोड दिएका थिए ।

प्रेस चौतारीका तुलसीपुर नगर अध्यक्ष बसन्त परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव निमु संगम घर्तीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया