रोल्पामा बोलेरो दुर्घटना हुदा चालकको ज्यान गयो

 असोज २४, २०७८

तुलसीपुर । रोल्पामा बोलेरो दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाईते भएका छन । ज्यान जानेमा रोल्पा नगरपालिका वडा नम्बर १ खेवासे गाउँका २० बर्षीय चालक गोबर्धन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा नगरपालिका वडा नम्बर १ सल्लीबोट बाट वाखोला तर्फ जाने क्रममा लु १ च ९४९३ नम्बरको नीजि बोलेरो छेरापोखरा भन्ने ठाउँको भिरबाट झन्डै ३० मिटर तल खसेको थियो ।

उक्त दूर्घटनामा परि सहचालक सोही वडाका २३ बर्षीय नबिन पुन गम्भीर घाइते भएका छन् ।दूर्घटना स्थलमा पुग्दा बोलेरोले चालक र सहचालक दुबैलाई च्यापेको अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल पु¥याएपनि चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईंको प्रतिक्रिया